–चन्द्रा लक्ष्मी कार्की, कक्षा १०, श्री सरस्वती मावी, ठूलीभेरी नगरपाललिका, दुनै ३, डोल्पा एकदिनको कुरा हो, म सधैँझैँ विद्यालय गएकी थिएँ । मलाई अचानक पेट दुख्न थाल्यो । दुखाइ बढ्दै जाँदा मलाई कक्षा कोठामा बस्न पनि गाह्रो भइरहेको थियो । के […]
भाइ तर्केको दिन
-प्रशन्नता जोशी, काठमाण्डौ सायद मेरो र अरूको महिनावारी अनुभवमा खासै फरक छैन । तर, अहिले पनि जब म पहिलोपटक महिनावारी हुँदाको क्षण सम्झन्छु, कस्तो अनौठो महसुस हुन्छ । हाँसो लाग्छ । घरिघरि इमोसनल फिल पनि हुन्छ । म काठमाडाँैमा नै […]
डोल्पाली किशोरीको छाउपडी
रेशिका बुढा, कक्षा १०, श्री सरस्वती मावी, ठूलीभेरी नगरपाललिका, दुनै ३, डोल्पा म सानैदेखि छात्रावासमा बसेर पढ्थेँ । मेरो रुमपार्टनर एकजना दिदी हुनुहुन्थ्यो । एकदिन दिदीले भन्नुभो, “ला…बहिनी, म त महिनावारी भएँ नि…च्व…कहिलेकाहीँ त नभए नि हुन्थ्यो नि…कस्तो अप्ठेरो हुन्छ […]
एक बलात्कृत किशोरीको आघात
–नाम प्रकाशित नगर्ने सर्तमा, गुल्मी २०६६ सालको कुरा हो । म एसएलसी परीक्षा दिएर बसेकी १४ वर्षे किशोरी थिएँ । रमाइलो परिवार थियो हाम्रो । बुबाममी दुवैले गाउँको एउटै विद्यालयमा पढाउनु हुन्थ्यो । म, दिदी र भाइबहिनी पनि त्यही पढ्थ्यौँ […]
ती पाँच घटना
-प्रतिभा ढकाल, चितवन बाल्यकाल अनि किशोरावस्थाका तीता—मीठा याद सङ्गाल्दै अहिले म युवावस्थामा रमाइरहेकी छु । आफ्ना बितेका कतिपय दिन सम्झिँदा खुसीले मख्ख पर्छु भने कतिपय घटनाले बारम्बार झस्काइरहन्छन् । ती घटनामध्ये प्रायः घटना दुर्व्यवहारसँग जोडिएका छन् । घटना १ मेरो […]
प्याड चाहियो मिस !
साल्विया आचार्य, प्यूठान मेरो नाम साल्विया आचार्य हो । म लुम्बिनी प्रदेशको पहाडी जिल्ला प्यूठानस्थित श्री खड्गेश्वरी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा हुँ । ३ कक्षादेखि म यस विद्यालयमा पढिरहेकी छु । मेरो विद्यालयलाई हरियाली वनजंगल र विद्यालयको […]
दुर्व्यवहारलाई फाइटब्याक !
–गौरव पौडेल, बर्दिया नमस्ते, मेरो नाम गौरव पौडेल हो । म एसईईपछि प्लस टु पढ्न काठमाडौँ आएँ । म बस्ने ठाँउ र मेरो कलेज भएको ठाउँको दूरी, बसमा यात्रा गर्दा, लगभग एक घण्टाको थियो । हरेक दिन म बसबाट कलेज […]
फेसबुकले सम्झाउने त्यो दुर्व्यवहार
–नाम प्रकाशित नगर्ने सर्तमा, चितवन २०६७ सालको कुरा हो । म १० कक्षामा पढ्थेँ । त्यतिबेला मेरो फेसबुक थिएन । तर, मेरा केही साथीको फेसबुक थियो । बेलाबखत उनीहरूले फेसबुकबारे अनेकन कुरा सुनाउँथे । फेसबुकमा नचिनेको मान्छेलाई पनि साथी बनाएको, […]
आस्थाको डर
–गरीमा पौडेल, बर्दिया जब मैले मेरो योनाङ्गबाट रगत बगिरहेको पहिलोपटक देखेँ, म स्तब्ध भएँ । म केही बोल्नै सकिनँ ! मनमा अनेकौँ कुराहरू खेल्न थाले । मलाई यो के भइरहेको थियो थाहै थिएन । मम्मीलाई भन्छु भन्ने सोचले म कोठा […]
वी आर सो सरी !
–नाम प्रकाशित नगर्ने सर्तमा, चितवन बाटुलो अनुहार । केटाको जस्तै छोटो, तर सिल्की कपाल । ठूला आँखा ।किताबमा घोत्लिरहने लजालु स्वभावकी उनी । अरू सबै केटीहरू फ्रकमा स्कुल आउँथे । तर,उनी पेन्ट लगाएर आउँथिन् । छोटो कपाल, पेन्ट अनि मेकअप […]