-किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दुराचार, किशोरी वा किशोरमाथि हुने यौन हिंसा वा बलात्कारका कुरा धेरै सुनिन्छन् । कहाली लाग्छ […]
मिसजस्ती ममी भए…
–पार्वता भण्डारी पहिलो पटक महिनावारी हुँदा म १४ वर्षकी थिएँ । महिनावारी हुँदा के हुन्छ भनेर मलाई राम्रोसँग थाहा थिएन । हुन त, मसँगै पढ्ने मेरा धेरै साथी मभन्दा पहिले नै महिनावारी भइसकेका थिए । उनीहरूले, “मिन्स भएको छु, एकदम […]
किशोरावस्थाको डर र उत्सुकता
–बबिता मैनाली, इलाम ६, बाह्रबस्ती जब म मानसिक अनि शारीरिक रूपमा परिपक्व हुने क्रममा थिएँ, मेरो शरीरमा आउन थालेका परिवर्तन देखेर आफैँ छक्क पर्थेँ । डर पनि लाग्थ्यो । मलाई के भएको होला, किन यस्तो भएको होला…यस्तै यस्तै प्रश्न मेरो […]
“नो मिन्स नो”
–नाम प्रकाशित नगर्ने सर्तमा, धादिङ स्कुल पढ्दाको समय नै बेग्लै । चकचक । उपद्रो । छेडखानी । धेरैथोरै अश्लिल । चढ्दो उमेरमा सबै कुरा नयाँ लाग्थे मलाई । स्कुलका प्रत्येक केटी गजबका । गाउँमा देखिने नयाँ केटीको अनुहार वा कहीँ […]
रमाइलो मेलाको नरमाइलो सम्झना
-नाम प्रकाशित नगर्ने सर्तमा, प्यूठान सामान्य भाषामा, यौन दुर्व्यवहार भन्नाले कसैले कसैमाथि नराम्रो तरिकाले हेर्नु, छुनु वा छुन खोज्नु, नराम्रो ९अश्लिल० शब्दहरूको प्रयोग गर्नु, नराम्रा चित्र देखाउनु या अहिले फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत् देखाउनु हो । कतिपय मानिसहरू यस्ता हुन्छन् कि, […]
चुपचाप सहेका दुर्व्यवहार
–श्री खड्गेश्वरी माध्यमिक विद्यालय, प्यूठान केही समय पहिलेको कुरा हो, स्कुल छुट्टी भएकाले म मेरो मामाघर जान लागेकी थिएँ । सानैदेखि एक्लै मामाघर जाने आउने गर्थेँ । त्यसैले, यसपालि पनि एक्लै नै जाँदै थिएँ । मेरो घरबाट बस आउने बाटोसम्म […]
एउटी मिसको बयान
-संगीता आचार्य, श्री खड्गेश्वरी माध्यमिक विद्यालय, प्यूठान किशोरावस्थामा प्रवेश गर्दै गरेका बालबालिकालाई स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा अध्यापन गर्दा समस्या र चुनौती पहाड जस्तै बनेर खडा भएको नमीठो अनुभव छ मसँग । मैले कक्षा सात र आठमा स्वास्थ्य शिक्षा पढाउँदा […]
त्यो परालको थुप्रो…त्यो दुर्व्यवहारको चोट !
–नाम प्रकाशित नगर्ने सर्तमा, गोरखा घरआँगनै मगमगाउने गरी फुल्ने मखमली, सयपत्री गुरदौलीको मगमगले पनि तिहारको छनक दिइरहन्थ्यो । प्रत्येक तिहारमा यस्तो लाग्छ, यिनै फूलका वासनाले डोऱ्याएर मलाई मामाघरसम्म लैजान्छ । किनभने, म सानो छँदा पनि तिहारको छेको पारेर यसैगरी फूलहरू […]
त्यो पहिलो हस्तमैथुन…
–नाम प्रकाशित नगर्ने शर्तमा, धनुषा हस्तमैथुनबारे साथीहरूबाट धेरै सुनेको थिएँ । उनीहरू हरेक दिनजसो नयाँनयाँ किस्सा सुनाउँथे । मलाई भने खासै वास्ता लाग्दैनथ्यो । तरपनि, उनीहरू आफूले हस्तमैथुन गर्दा के के भयो भनिरहन्थे । कहिलेकसो त स्कुलमा नै पोर्न भिडियो […]
के इज्जत छोरीको योनिमा टाँसिएको हुन्छ ?
–नाम प्रकाशित नगर्ने सर्तमा मलाई उड्न हौसला दिनेहरू किन मैले हिँडेको देख्न सक्दैनन् ? म त हिँड्न जन्मिएकी, म त हिँड्न चाहन्छु । जमिन मेरो अस्तित्व हो, अनि आकाश मेरो कल्पना । मेरा आफ्नैहरू मेरो अस्तित्व मेटाउन खोज्छन् । कल्पनामा […]