–गुलाबी संवाद
“ओए बाबुहरू के गरेको भित्र । के को आवाज हो ? ढोका खोल् ।“ भरतको ममी अफिसबाट आइसकेर ढोका ढकढक्याइरहनु भएको रैछ । हामी अत्तालियौँ । के गरौँ कसो गरौँ भयौँ ।
“सुनेनस् भनेको ! बदमासी गरिराको छौ !“ अन्टीले थाहा पाउनुभो भन्ने पक्का भो। हायलकायल भइसकेका थियौँ । भरतले हतपत सीडी डेक बन्द गरेर सोनी टिभी लगायो । अनि ढोका खोल्न गयो। सोनी टिभीमा गोबिन्दा र रविना टन्डन चाच्न थाले । ममी घरभित्र छिर्नुभो । हामी घोसेमुन्टो लगाएर सरक्क घरबाहिर निस्क्यौँ । ममी भुनभुनाएको सुन्दै थियौँ, “राम्ररी पढ्लान् छोराछोरी भनेर हरेक माग पूरा गर्ने हामी। उनीहरू भने यस्तो उत्ताउलो भएरञ्ञ्ञ्छ्या !“ आआफ्नो साइकल टिपेर घरतिर टाप कस्यौँ ।
***
८ थियो कि ९ कक्षा अहिले ठ्याक्कै सम्झन सकिनँ । तर त्यो दिनभर ब्लुफिल्म हेर्ने प्लान बनाउँदै थियौँ । टप टप फिल्महरू ल्याउने दोकान म्युजिक महल खुब चल्तीको थियो । उसकहाँ जाँदा ओठैमा एउटा जवाफ झुन्ड्याएर राखेको हुन्थ्यो, “भख्खर आएछ बाबु यो फिल्म बहुतै स्वाब छ । गिरपड्छौ मजाले ।“ उसले जुनसुकै फिल्मलाई ’स्वाब’ (राम्रो) छ भन्थ्यो । मलाई लाग्थ्यो अरे यसले यति धेरै फिल्म हेरेको होला ? कसरी सम्भव छ यो ? दोकानै फिल्मको सीडी बेच्ने छ । हेर्छ त होला । मन बुझाउँथेँ म ।
त्यसदिन हाफ टाइममा प्लान बुनेका थियौँ । भोलिपल्ट शुक्रबार १ बजे छुट्टि भएपछि भरत सीधै गएर सीडी ल्याउँछ । उसको घरमा हामी कुरी बस्ने । र फिल्म चालु गरिहाल्ने । ताकी उसको बाआमा अफिसबाट आइसकेका हुँदैनन् । हाम्रो यो योजना थियो ।
***
पर्सी आइतबार रामधुलाई हुने भो । खुब डराएर घर पुग्यौँ । घरसम्म कुरा पुगे त आपतै हुन्थ्यो । फेरि लागेको थियो, अरे हामीले कामै यस्तो गरेका थियौँ कि यो अरूलाई भन्दै हिँड्न कसरी सक्नुहुन्थ्यो होला भरतको ममीले । के उहाँ हाम्रो बालाई, “तपाईँको छोरा स्कुल नगएर ब्लुफिल्म हेर्छ“ भन्न सक्नुहुन्थयो त ? पक्कै सक्नुहुन्थेन । यो लाजैको त कुरा थियो ।
आखिर घरमा कसैले थाहा पाएनछन् । सोचेझैँ भो । अन्टीले भन्नै सक्नुभएन बुवालाई । तर स्कुलमा त पक्का भनिदिनुहुन्छ । त्यै साँझ त्यो टोलीका अन्य साथी हाम्रो सधैँको भेट हुने जमघट चोकमा भेटियौँ । सबै उदास थिए । किनभने भेटिनेबित्तिकै भरतले भनेको थियो, “अरे यार ममीले त स्कुलमा बुढउलाई भन्दिने भन्नुभएको छ ।“ बुढउ थिए प्रिन्सीपल । जसलाई हामीले कोडको रूपमा चलाएको शब्द थियो । भरतले त्यो सुनाएपछि हामी सबै खासै केही नबोली एकैछिनमा घर फर्क्यौँ । भोलि अब स्कुलमा जे त पर्ला फेस गर्न पर्छ भन्ने भाव सबैको अनुहारमा देखाएर छुट्टियौँ।
***
भरतले सीडी चक्का डेगभित्र घुसार्नुअघि सबै झ्यालढोका लगायौँ । साउन्ड सानो छ कि नाइँ कन्फम पनि भयो । ४ जना थियौँ । मैले यसअघि ब्लुफिल्म हेरिसकेको थिएँ । भरतको त घरमै सीडी थियो। नहेरोस् कसरी । बाँकी दुई साथी नरेश र बकरुद्दिनका लागि आज स्वर्गको सवारी हुने वाला थियो । उनीहरू बुहत उत्साहित थिए । फिल्म चालु भयो । मलाई भने नरेश र बकरुद्दिनलाई नै हेर्न मजा लागेको थिए । फिल्ममा दुइटा गोरे र दुइटी ’हब्सी’ बुङ्गै भएर हतकन्डा सुरु गरीसकेका थिए । भर्खर १४ हो कि १५ लाग्दाको उमेर । अनि त्यो फिल्म । फिल्म अघि बढ्दो थियो । केटाहरू उचालिएका थिए । टिपीकल ब्लु फिल्ममा देखाइने सब चिज चालु थियो स्क्रिनमा । स्वाद मानेर हेर्दै थियौँ । बीचबीचमा स्कलुकी फलानीलाई सम्झेँ यार भनिरन्थे केटाहरू । फिल्म रफ्तारमै चल्दा चल्दै अचानक घरको ढोकामा ढ्याकढ्याकको रफ्तार पनि सुनिएको थियो । ममी आएकाले।
***
एसेम्ब्ली सकिएपछि सबै आआफ्ने क्लासमा जाँदै थिए । त्यो दिन हर्कत गर्ने हामी ४ जनाको मुख कानमा आएर बुढउ फुसफुसायो, “तिमीहरू क्लासमा नजा । मेरो अफिसमा आइज“
बज्ने भो बाजा आज !
ममीले कम्प्लेन गरिसक्नुभएछ बुढउलाई । हुन त पढाइमा झन् मेहनत गर्ने बेलामा ब्लुफिल्म हेरेको थाहा पाएपछि कुन बाआमाको मन रुँदैनथ्यो त । रोयो होला भरतको ममीको मन ।
बुढउको कोठामा हामी घोसेमुन्टो लगाउँदै पस्यौँ । थ्याङ्क गड बुढउ एक्लै थियो । हातमा भने सुम्ले लौरो बोकेको थियो ।
“यै गर् फटाहाहरू । एसएलसीमा त्यै लेख्छस् फिल्ममा देखाएको कुरा ?“ काइदाको सुम्ला हाम्रो पुठोमा बर्सीयो । एक। दुई । तीन । चार । सबैलाई एक एक ।
“अब देखि हेर्छस् कि हेर्दैनस् त्यस्तो गन्दा फिल्म ?“ दोस्रो चरण सुम्ले लौरो बजारियो पुठोमा ।
“आइया नि आमा हो “ नरेश चिच्याएको अझै पनि झलल आउँछ दिमागमा ।
“बदमासी गर्ने बेला आमा सम्झिइनस् ?“ थप तेस्रो चरणको बजारियो नरेशको पुठोमा । तर हाम्रोमा भने परेन ।
“हात थाप“ बुढउले हामी सबको हात हातमा सुम्ले लौरो बेस्करी बजारे । बुहत दुख्याथ्यो ।
“ल जा सब । आइन्दा यस्तो सुने भनेँ रेस्टिकेट गर्दिन्छु ।“
हामी बटारिँदै क्लासतिर हिँड्यौँ ।
(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)